Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिका आगलागी : मृतक संख्या ११ पुग्यो, ३६ हजार एकड खरानी

अमेरिका आगलागी : मृतक संख्या ११ पुग्यो, ३६ हजार एकड खरानी

इच्छाकामना न्युज

२७, पौष २०८१
अमेरिका आगलागी : मृतक संख्या ११ पुग्यो, ३६ हजार एकड खरानी

अमेरिका । अमेरिकाको लस एन्जलस काउन्टीमा आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। 

images

स्थानीय समय अनुसार शुक्रबार दिउँसो जारी गरिएको अपडेटमा, मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जना र इटन आगलागीमा छ जनाको मृत्यु भएको बताए। 

मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ। लस एन्जलसका पाँचवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले निरन्तर काम गरिरहेका छन्। पालिसेड्समा २० हजार एकडभन्दा बढी जमिन प्रभावित भएको छ र हालसम्म आठ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको छ। 

इटनमा फैलिएको आगलागीबाट करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ र यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आएको छ। लिडियामा ७५ प्रतिशत आगो नियन्त्रणमा आएको छ, जहाँ चार सय एकड जमिन प्रभावित भएको छ। हर्ष्टमा ७७१ एकड क्षेत्रफल जलेको छ र ३७ प्रतिशत आगो नियन्त्रणमा आएको छ। 

केनेथमा एक हजार एकडभन्दा बढी जमिनमा फैलिएको आगो फैलिनबाट रोकिएको छ र हालसम्म ३५ प्रतिशत आगो नियन्त्रणमा आएको छ। यी सबै आगलागीले गर्दा कूल ३६ हजार १७१ एकड जमिन नष्ट भएको छ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - ०९:१८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology