Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भारतमा हृदयघातका कारण आठ वर्षीया दुई स्कुले बालिकाको मृत्यु

भारतमा हृदयघातका कारण आठ वर्षीया दुई स्कुले बालिकाको मृत्यु

इच्छाकामना न्युज

२७, पौष २०८१
भारतमा हृदयघातका कारण आठ वर्षीया दुई स्कुले बालिकाको मृत्यु

भारत । गुजरात राज्यस्थित अहमदाबादको एक निजी विद्यालयमा आठ वर्षीया बालिका गार्गी राणपराको हृदयघातका कारण मृत्यु भएको छ। उनी बिहान करिब ८ बजे विद्यालय पुगेकी थिइन्। 

images

सिँढी चढ्दा उनलाई छाती दुखेको महसुस भयो। त्यसपछि उनी लबीको बेन्चमा बसिन् र केही सेकेन्डमै भुइँमा लडेकी थिइन्। विद्यालयका कर्मचारीले बालिकालाई अस्पताल पुर्याए, तर चिकित्सकले उनलाई मृत घोषणा गरे।

यसअघि पनि भारतकै कर्नाटकको सेन्ट फ्रान्सिस स्कुलकी आठ वर्षीया बालिका तेजस्विनी शिक्षकलाई उत्तर पुस्तिका देखाउन उठ्दा बेहोस भएर ज्यान गुमाएकी थिइन्। 

उनी पर्खालको सहारा लिएर भुइँमा लडेकी थिइन्। विद्यालयका कर्मचारीले तत्कालै उनलाई अस्पताल भर्ना गरेका थिए, तर चिकित्सकले उनलाई मृत घोषणा गरे। उनको मृत्युको कारण पनि कार्डियक अरेस्ट नै भएको दैनिक भास्करले लेखेको छ।

सामान्यतयाः हृदयघातको खतरा विशेष गरी वृद्ध उमेर समूह (६५ वर्षभन्दा माथि) र मध्यम उमेर समूह (४५ देखि ६५ वर्ष) मा बढी हुन्छ। तर पछिल्लो समय युवावस्थामा पनि हृदयघात हुने गरेको छ। यी दुई मृत्युको घटनाले पनि देखाउँछ कि कम उमेरका बालबालिकाहरूमा पनि यस्तो समस्या आउन सक्छ, जुन निकै दुर्लभ हो।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - ०९:२०:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology