Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको भेटियो

दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको भेटियो

इच्छाकामना न्युज

२८, पौष २०८१
दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको भेटियो

कोरिया । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको बताएको छ ।

images

गएको डिसेम्बर २९ तारिखमा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ विमान मुआन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा एक सय ७९ जनाको ज्यान गएको थियो । यातायात मन्त्रालयले निकालेको विज्ञप्तिमा सीभीआर र एफडीआर दुवैले दुर्घटनाभन्दा चार मिनेट पहिलेको अवधिमा रेकर्ड नगरेको देखिएको उल्लेख छ ।

दक्षिण कोरियामा तथ्याङ्क नभेटेपछि अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा बिश्लेषण गर्दा पनि दुर्घटना हुनु चार मिनेट अघिदेखिको तथ्याङ्क नभेटिएको हो । उडानको अन्तिम चरणको जानकारी रेकर्ड बक्समा किन रहेन भन्नेबारेमा खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाको यातायात मन्त्रालयले जेजु एयरको कार्यालयमा छापा मार्नुको साथै जेजु एयरका प्रमुख कार्यकारीलाई देश छाड्न रोक लगाएका छन् ।

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - ०८:५१:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology