Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आज राष्ट्रिय भक्का दिवस : लोकप्रिय बन्दै राजवंशी समुदायको साँस्कृतिक परिकार

आज राष्ट्रिय भक्का दिवस : लोकप्रिय बन्दै राजवंशी समुदायको साँस्कृतिक परिकार

इच्छाकामना न्युज

२९, पौष २०८१
आज राष्ट्रिय भक्का दिवस : लोकप्रिय बन्दै राजवंशी समुदायको साँस्कृतिक परिकार
images

काठमाण्डौ । आज राष्ट्रिय भक्का दिवस । पूर्वी तराईका बसोबास गर्ने कोच राजवंशी समुदायले विशेष कार्यक्रमका साथ मनाउँदैछन् । राजवंशी समुदायकाे संस्कृतिअनुसार पुस मसान्तमा पाहुनालाई भक्का दिने चलन रहेकोले हरेक वर्ष पुस २९ गते भक्का दिनव मनाइन्छ ।

images
images

पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिमा पनि चामलको पिठोबाट बनेको भक्का लोकप्रिय बन्दै गएको छ । पानीको बाफमा बनाइने भक्काको व्यापार अहिले तराई मधेशसहित अन्य शहरहरुमा पनि विस्तार भइरहेको छ ।

लोकप्रिय बन्दै भक्का

भक्का विशेषगरी मङसिर, पुस र माघ महिनामा खाने चलन छ । नयाँ धानको चामालबाट बनाइने भक्का अहिले राजवंशी समुदाय बाहेकमा पनि धेरैले खोज्ने खाना बनेको छ । भक्का बनाउन चामलको पिठोलाई फेरि दाना बनाएर बाफमा पकाउनुपर्ने राजवंशी समाज विकास समिति बाह्रदशी झापाका सचिव हेमप्रसाद राजवंशी बताउनुहुन्छ ।

तातो भक्का अचार, तरकारी, माछा,मासुलगायतसँग खाइन्छ । चिसो बिहान र बेलुकीपख तात्तातो भक्का खानु आनन्दसँगै स्वास्थ्यका लागि पनि उपयुक्त रहेको छ ।

पूर्वी नेपालको झापा, मोरङ, सुनसरीका कोच राजवंशी समुदायमा भक्का प्रचलित छ । महाभारतकालमा भीष्म पितामहले देहत्याग गर्दा मेरो शरीरमा भएका असङ्ख्य शक्ति यही पृथ्वीको प्रकृतिमा छोडेर जाँदैछु । मलाई चामलबाट बनाएको भक्का चढाइदिनु भनेको र त्यही बेलादेखि भक्का संस्कृति बलियो बनेको राजवंशीहरु बताउँछन् ।

राजवंशी समुदायमा पाहुनाको स्वागत र समुदाय जुटेर रमाइलो गर्न भक्काको प्रयोग हुँदै आएको छ । पहिले पहिले गाउँमा भक्का बनाएर धानसँग साट्ने चलन थियो । अहिले राम्रो व्यापार गर्ने वस्तु बनेको छ ।

तराई मधेश मात्र नभई काठमाण्डौ उपत्यका सहितका शहरहरुमा समेत चिसो मौसममा भक्काको व्यापार प्रशस्त हुने गरेको छ । भक्का एउटा समुदायको संस्कृतिसँग जोडिएको खाना भए पनि यसका पारखीहरु बढेका छन् ।

चामालको पिठोलाई बाफमा पकाएर बनाउने यो खाना स्वस्थ हुनुका साथै जाडो मौसमका लागि उपयुक्त रहेको पाइन्छ । 
 

images
प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - ०९:३१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology