Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पूर्वी चितवनको खैरहनीमा आज देखि दशौं खिचरा महोत्सव सुरु हुँदै

पूर्वी चितवनको खैरहनीमा आज देखि दशौं खिचरा महोत्सव सुरु हुँदै

इच्छाकामना न्युज

२९, पौष २०८१
पूर्वी चितवनको खैरहनीमा आज देखि दशौं खिचरा महोत्सव सुरु हुँदै

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ ।

images

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले  जानकारी दिए ।

महाेत्सव उद्घाटन अघि खैरहनीमा भब्य शाेभायात्रा निकाल्ने तयारी गरिएकाे छ । थारु समुदायको महानपर्व माघीको अबसर पारेर हरेक बर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै आएको छ । थारु संस्कृति जोगाउन आयोजना गरिदै आएको खिचरा महोत्सव पछिल्लो समय शाझा सम्पतीको रुपमा विकास भएको संयोजक चौधरीले बताए ।

१५० वटा स्टल रहने सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान। बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मुल नाराका साथ आयोजना गरिएकाे उक्त महाेत्सव चितवन जिल्लाकै पहिलो साँकृतिक एवं व्यापारिक र  आफ्नै विशेषता र महत्व रहेको आयोजक संस्थाका पूर्व अध्यक्ष नारायण महतोले बताए ।

खिचरा महोत्सव थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रवद्र्धन गर्ने महत्वपूर्ण ब्राण्ड बनेको उनले बताए । महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभई देशभर रहेका थारु समुदायले नै गर्वको रुपमा लिने गरेको भन्दै उनले थारु समुदायको साँस्कृतिक वर्ष, भेषभुषा, भाषाको संस्कृतिको संरक्षण गर्नु प्रमुख उद्देश्य रहेको बताए । खिचरा महोत्सबमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादिन बस्तुको प्रवद्र्धन गराउन १५० वटा स्टल रहने छ ।

यस्तै महोत्सवका स्टलहरुमा थारु जातिका साथ–साथै विभिन्न जातिका खानाका परिकारहरु रहने छन् । यस्तै शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाहरुको स्टलहरु समेत रहने छन् । महोत्सवमा थारु समुदायको ब्रहमबान, परेवाको घर, परम्परागत सामग्रीहरु सहितको बारु मिनी गाउँ परिसर, घोंगी र पोकाको विशाल प्रतिमा प्रदर्शनीमा रहने छ । थारु समुदायको मुख्य परिरकार घोंगी र चिचरको विशाल आकृती सबैको आकर्षणको केन्द्र बन्न्ने गरेको छ ।

महोत्सबमा विभिन्न जातजातिका परम्परागत भेषभुषा सहित साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवद्र्धकको रहेको सो महोत्वको संरक्षकमा खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमिति चितवन रहेका छन् ।

images
प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - ०९:५९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology