काठमाण्डौ । आइतबार काठमाडौँमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता हेर्न कुनै शुल्क नलाग्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उक्त प्रतियोगितामा दर्शकलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको हो।
ग्लोबल छनोटमा शीर्ष चारमा पर्ने टोलीले महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन्। छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। जसमा थाइल्यान्ड, जिम्बाबे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन्।
यस्तै उक्त छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका छन्।