Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

काठमाण्डौको बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु

काठमाण्डौको बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु

images

इच्छाकामना न्युज

२४, कार्तिक २०८३
काठमाण्डौको बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु
images

काठमाडौँ । काठमाडौँको बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका–३ बसुन्धारामा बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले दोलखा घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २४ वर्षीय सोमबहादुर धामीले चलाएको बा.प्र.०२-०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट स्कुटरको पछाडि सवार दोलखाकी २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) को मृत्यु भएको प्रहरीले जनाएको छ। नारायणगोपाल चोकबाट सामाखुशीतर्फ जाँदै कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। 

प्रहरीले कार चालक धादिङ घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४२ वर्षीया शान्ताकुमारी तामाङलाई पक्राउ गरेको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई तत्काल उपचारका लागि बसुन्धारास्थित ग्रिनसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

स्कुटर चालक सोमबहादुर धामी भने सामान्य घाइते भएका छन्।  

हाल दुवै सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका छन्। कारलाई थप अनुसन्धानको लागि नेपाल प्रहरी प्रतिकार्य तथा तालिम केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :कार्तिक २४, २०८३ सोमवार - ०७:४१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology