Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ फेरि प्रदेश सभामै उम्मेदवार बन्ने

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ फेरि प्रदेश सभामै उम्मेदवार बन्ने

images

इच्छाकामना न्युज

१८, भाद्र २०७९
एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ फेरि प्रदेश सभामै उम्मेदवार बन्ने
images

लमजुङ । नेकपा एमालेका उप-महासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ पुनः प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । २०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा ‘ख’ बाट चुनाव जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री भएका थिए । शनिबार सम्पन्न एमाले लमजुङको बैठकले गुरुङलाई लमजुङको प्रदेश क्षेत्र (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सिफारिस गरेको हो ।

एमाले लमजुङका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी पनि गुरुङसँगै प्रदेश सभा सदस्यको उम्मेदवारका सिफारिस भएका छन् । प्रदेशसभा (क) तर्फ वर्तमान प्रदेशसभा सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, बेसीसहर नगर कमिटीका अध्यक्ष राजकुमार विष्ट र जिल्ला कमिटीका उपसचिव जितबहादुर गुरुङको नाम सिफारिस भएको छ । लमजुङमा प्रतिनिधि सभामा एउटा मात्रै निर्वाचन क्षेत्र छ ।

प्रदेश सभातर्फ प्रेम बहादुर घले, मोहनहरी पौडेल, महेन्द्रलाल श्रेष्ठ, बम बहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगर सिफारिस भएका छन् ।

एमाले लमजुङले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि संविधानसभा सदस्य जमीन्द्रमान घले र जिल्ला सचिव सुवास पौडेलको नाम सिफारिस गरेको छ । यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ संविधानसभा सदस्य टुकाभद्र हमालसहित कल्पना थापा र प्रेम दुरा सिफारिसमा परेका छन् ।

 

 

 

images
प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - २१:५३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology