तनहुँ । नेपाली कांग्रेसका युवा नेता पुर्ण बहादुरले गुरुङले पार्टी परित्याग गरेका छन्। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका नेता गुरुङले समाजिक संजाल फेसबुकमा लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले लेखेका छन् ‘चाकरी चाप्लुसी फरियावाद नाताबाद कृपावाद ढोके चम्छे हरुको बिरासत कै कारण आजदेखी नेपाली काङ्ग्रेसको राजनीतिबाट टाढा रहेको र नेपाली काङ्ग्रेसको साधारण सदस्य समेत बाट राजिनामा गरेको र साधारण सदस्य समेत नरहेको घोषणा गर्दछु।’
२०७० सालको दोश्रो संविधान सभामा स्वतन्त्र उम्मेदवार रहेका गुरुङले लोकप्रीय मत ल्याएका थिए । तनहुँका युवामाझ गुरुङ लोकप्रीय रहेका नेताको रुपमा रहेका छन् ।
पार्टी परित्याग गरेको घोषणा गरेसँगै गुरुङ आजै नेकपा एमाले प्रवेश गरेका छन् । गुरुङ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् ।
अध्यक्ष ओलीले गुरुङलाई पार्टी प्रवेश गराएका थिए । केही दिन अगाडी नै पार्टी प्रवेशको तयारी भएपनि गुरुङ अस्वस्थ भएपछि प्रवेशको कार्यक्रम रोकिएको थियो।
गुरुङ एमाले प्रवेश गरेसँगै तनहुँ क्षेत्र नम्बर १ को प्रदेशसभाबाट उम्मेदवार बन्ने स्रोतले जनाएको छ ।
सो अवसरमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, तनहुँ जिल्ला निवर्तमान अध्यक्ष केदार सिग्देल, गण्डकी प्रदेशका निवर्तमान सांसद रामबहादुर गुरुङ, मगर संघका केन्द्रीय अध्यक्ष दिलबहादुर थापा लगायत नेता सहभागी थिए ।