Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

इच्छाकामनाको विकट गाउँ पुगेर रवि लामिछानेले भने ‘अभावमा बाँचेका नागरिकको आर्शिवाद पाएँ’

इच्छाकामनाको विकट गाउँ पुगेर रवि लामिछानेले भने ‘अभावमा बाँचेका नागरिकको आर्शिवाद पाएँ’

images

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
इच्छाकामनाको विकट गाउँ पुगेर रवि लामिछानेले भने ‘अभावमा बाँचेका नागरिकको आर्शिवाद पाएँ’
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा पर्ने इच्छकामना गाउँपालिकाको विकट बस्तिहरुमा पुगेका छन् । हात्तिबाङ, तोबाङ्ख, काउले, मैतेश, हपनी, धुर्केस, छापडाडा, मायाटार, चौतारा, दाहाखानी, लगायतका बस्तिमा पुगेर अभावमा बाँचेका नागरिकबाट आर्शिवाद लिएको लामिछानेले बताएका छन् ।

‘यहाँका मानिसहरुले के अपराध गरेका थिए र वर्षाैँसम्म यी कठिन पहाडहरुमा अभावै अभावले जीवन धान्न बाध्य हुनुपर्यो ? जनताको नाममा राजनिति गर्नेहरुसँग यो दुनियाँमा पाइने सबै सुबिधा छ तर यहाँका जनता दिनभरी हिँडेर राजमार्ग झर्नुपर्ने, बत्तिसमेत नभएर अँध्यारोमा बस्नु पर्ने, सिटामोल समेत नपाउने कहिले सम्म ? अब त अत्ति नै भयो’, उनले फेसबुकमा लेखेका छन् ।

जनताको जीवन परिर्वतन गर्दै सहर र गाउँको समान विकासका लागी बाचुन्जेल कर्म गर्ने कसम खाएको बताउँदै उनले अभावमा बाचेका जेष्ठ नागरिकहरुको आर्शिवाद लिएर मैदानमा आएको बताए । उनको पार्टी स्वतन्त्र पार्टीले हिजो मात्रै वाचा पत्र सार्वजनिक गरेको थियो ।

 

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १०:२८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology