Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रचण्डका विरुद्ध भोट मागेको भन्दै गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य बर्खास्त

प्रचण्डका विरुद्ध भोट मागेको भन्दै गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य बर्खास्त

images

इच्छाकामना न्युज

२२, कार्तिक २०७९
प्रचण्डका विरुद्ध भोट मागेको भन्दै गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य  बर्खास्त
images

गोरखा । गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएको छ ।  प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उर्जामन्त्री हरिशरण आर्चायलाई बर्खास्त गर्नुभएको हो । गोरखा–२ घर भएका आचार्यले सत्ता रुढ गठबन्धनका विरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन प्रस्ताव गर्नुभएको थियो । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार ऊर्जामन्त्री आचार्यलाई बर्खास्त गरिएको हो ।

आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको थियो। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी हुनुहुन्थ्यो । तर नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पछि फिर्ता लिएपछि आर्चाय असन्तुष्ट हुनुहुन्थ्यो ।

गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पुर्‍याउन नसकेर सरकार ढलेपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा तत्कालिन जसपाबाट आचार्यले पनि मन्त्री बन्ने मौका पाउनु भएको थियो । सुरुमा अर्थ मन्त्रालय पाउनुपर्ने माग गर्दै मुख्यमन्त्रीसँग विवाद गरेका आचार्यले पछि ऊर्जा मन्त्रालयमा चित्त बुझाउनु भएको थियो । मन्त्री बनेदेखि नै मुख्यमन्त्री पोखरेल आचार्यसँग रुष्ट हुनुहुन्थ्यो भने आचार्यले पनि पत्रकार सम्मेलन गरेरै सरकारको विरोध गर्नुभएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७९ मंगलवार - १९:०८:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology