Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँ ब्यासको चिन्तुटारमा नेकपा (एमाले) को घरदैलो

तनहुँ ब्यासको चिन्तुटारमा नेकपा (एमाले) को घरदैलो

images

इच्छाकामना न्युज

२२, कार्तिक २०७९
तनहुँ ब्यासको चिन्तुटारमा नेकपा (एमाले) को घरदैलो
images

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास ५ वडा कमिटीले घरदैलो कार्यक्रम शुरु गरेको छ । यहि मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरि कमिटीले चिन्तुटारमा घरदैलो कार्यक्रम शुरु गरेको हो । 

नेपाल कम्यनिष्ट पार्टी (एमाले) तनहुँ ले क्षेत्र नं २ मा पुर्व वनमन्त्री तथा पुर्व गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङलाई चुनावी मैदानमा उतारेको छ भने प्रदेश (क) मा श्यामराजा महतलाई उतारेको छ । घरदैलो कार्यक्रममा जनतालाई सुसुचित गराउने, मतदान गर्न सिकाउने र धेरै भन्दा धेरै पार्टीका पक्षमा मत खसाल्ने अभियानमा लागिएका कमिटीका उपसचिव यम वहादुर विकले वताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नै देश र जनताको पक्षमा काम गर्ने पार्टी भएको र एमालेले मात्र देश विकास र समृद्ध वनाउन सक्ने हुदाँ सुर्य चिन्हमा मतदान गरि पार्टीलाई जिताउन घरदैलो कार्यक्रम गरिएको उपसचिव विकले वताए । 

सोही क्षेत्रवाट नेपाली काग्रेसवाट क्षेत्र नं २ मा पुर्व वनमन्त्री शंकर भण्डारी र प्रदेश (क) मा सत्ता गठवन्धनका तर्फवाट माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपानेले प्रतिस्पर्धा गर्देछन् । 

images
प्रकाशित मिति :कार्तिक २२, २०७९ मंगलवार - २०:२४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology