Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सधै जनताको घरदैलोमा हुनेछु :  विद्या ढकाल

सधै जनताको घरदैलोमा हुनेछु :  विद्या ढकाल

images

इच्छाकामना न्युज

२३, कार्तिक २०७९
सधै जनताको घरदैलोमा हुनेछु :  विद्या ढकाल
images

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का क्षेत्र नं १ (क) का उम्मेदवार विद्या ढकालले आफु सधै जनताको घरदैलोमा हुने वताएका छन् । चुनावी अभियानमा क्रममा भानु नगरपालिका वडा नं ५ को मैवलमा भएको घरदैलो कार्यक्रममा वहाँले सो कुरा वताउनुभएको हो । 

मैले राजनितीमा धेरै समय व्यतित गरेको छु । शिक्षण पेशामा आवद्ध हुदाँ समेत भुमिगत भएर जनताको सेवामा मैले धेरै काम गरेको  छु । जनताको चाहना भन्दा मेरो कुनै व्यक्तिगत स्वार्थता छैन, उम्मेदवार ढकालले भने । 

राजनितीमा देखिएको विचलनका लागी प्रदेश सभामा उम्मेदवार दिएको छु । विचार, दर्शन र जनचाहनालाई नजिकवाट वुझेको छु । पद प्राप्तिका लागी नभै  जनताका लागी उम्मेदवारी दिएको हुँ, ढकालले भने । लामो समयको राजनैतिक आन्दोलन, त्यसले प्राप्त गरेको उपलव्धीको रक्षाको लागी मेरो उम्मेदवारी हो । राजनीतिमा लागेर धेरै कष्ट भोगेको छु, जुन कुरा जनतालाई राम्रो सँग थाहा छ, अवश्य पनि जनताले न्याय गर्नुहुनेछ, अभियानका दौरानमा ढकालले भने । 

जनताको घरदैलोमा जाँदा सकारात्मक प्रभावले उत्साहित भएको विद्या ढकालले वताउनुभयो । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फवाट रामवहादुर गुरुङ र गठवन्धनका तर्फवाट अशोक कुमार श्रेष्ठले प्रतिष्पर्धा गर्देछन् । 

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - २१:४८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology