Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

युवालाई राजनितीमा ल्याउनुपर्दछ : एमाले उम्मेदवार पुर्ण वहादुर गुरुङ

युवालाई राजनितीमा ल्याउनुपर्दछ : एमाले उम्मेदवार पुर्ण वहादुर गुरुङ

images

इच्छाकामना न्युज

२३, कार्तिक २०७९
युवालाई राजनितीमा ल्याउनुपर्दछ : एमाले उम्मेदवार पुर्ण वहादुर गुरुङ
images

तनहुँ । नेकपा (एमाले) तनहुँ क्षेत्र नं १ (ख) का उम्मेदवार पुर्ण वहादुर गुरुङले अव राजनितीमा युवा पुस्तालाई ल्याउनुपर्ने वताउनुभएको  छ । अग्रजहरुलाई सम्मान गर्दे अव देश हाक्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्दछ । अनि मात्र देशले काँचुली फेर्दछ, गुरुङ्गले भने । 

सधै एउटै व्यक्ति लामो समयसम्म लाभको पदमा वसिहने, पदमा वसेर पदिय जिम्मेवारी ननिभाउने भएपछि जनतामा उत्साह नछाएको वताए । अवसर आवश्यकताकालागी हुनुपर्दछ । जनमत एकातिर तर शक्तिको दुरुपयोग गरि लाभको पद सधै निश्चित व्यक्तिलाई हुदाँ युवा र जनतालाई नै वितृष्णा छाएको वताए । 

युवालाई राजनितीमा आर्कषित गर्न पनि मेरो उम्मेदवारी हो । नेकपा (एमाले) नै परिवर्तनकारी शक्ति भएको हुदाँ एमालेलाई भोट दिएर जिताउन आग्रह गरे । राजनितीमा युवा शक्तिले अवसर नपाँउदा धेरै युवाहरु विदेशिन वाध्य भएको समेत वताए । चुनावी अभियानका क्रममा वन्दिपुर गाँउपालिका अन्तर्गत हुस्लाङ, रानीवजार, चिसापानी, शेराटार र रामकोटमा घरदैलो तथा भेटघाट कार्यक्रममा युवा नेता गुरुङले सो कुरा वताउनुभएको हो । 

घरदैलो अभियानमा प्रतिनिधीसभाका उम्मेदवार एकवहादुर राना, नेकपा (एमाले) तनहुँका उपसचिव प्रदिपराज अधिकारी, जिल्ला कमिटी सदस्य प्रेम प्रसाद पौडेल, नुर महमद मिया लगायतका नेताहरुको उपस्थिती रहेको थियो । 
 

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - २२:१३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology