Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनमा मतगणना ९ बजे पछि मात्र सुरु गरिने

चितवनमा मतगणना ९ बजे पछि मात्र सुरु गरिने

images

इच्छाकामना न्युज

५, मंसिर २०७९
चितवनमा मतगणना ९ बजे पछि मात्र सुरु गरिने
images

भरतपुर । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सुरु हुने भएको छ । चितवनको तिनै क्षेत्रमा एकै पटक मत गणना सुरु गर्न लागिएको हो । 

सर्वदलीय बैठक सकेर मतगणना गर्ने गरी कर्मचारीलाई समेत तयारी अवस्थामा राखिएको चितवन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत रेसम सिग्देलले जानकारी दिनुभयो । “हामी अहिले सर्वदलीय बैठक बस्दै छौ  । यो बैठक सकिए लगत्तै मतगणना सुरु गछौ”, उहाँले भन्नुभयो । उहाँले सङ्घीय र प्रदेश तर्फको मत छुट्टाछुट्टै रूपमा एकै पटक मतगणना गर्ने तयारी गरी रहेका छौ”, उहाँले भन्नुभयो ।चितवन क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले केही बेरमै मतगणना सुरु गरिने बत्ताउनुभयो । “हामी ९ देखि १० बजे  भित्र मतगणना सुरु गछौ । मतगणनाका लागि तयारी अवस्थामा छौ”, उहाँले भन्नुभयो । 

चितवन क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले पनि बिहान नौ बजेदेखि मतगणना सुरु हुने जानकारी दिनुभयो । चितवन १ को पूर्वी चितवनको खैरहानीमा अवस्थित खैरहानी माध्यमिक विद्यालयमा, क्षेत्र नम्बर २ को भरतपुर स्थित औद्योगिक प्रदर्शनी केन्द्रमा र क्षेत्र नम्बर ३ को रामपुर स्थित कृषि तथा वन विश्व विद्यालयमा निर्वाचन सकिए लगत्तै मतपेटिका जम्मा गरेर राखिएको छ । चितवनमा  १६२ वटा मतदान स्थलका ४६० वटा मतदान केन्द्रका मत पेटिका आइतबार साँझ नै मतगणना स्थलमा ल्याइएको बताइन्छ ।

चितवनमा  ६५ प्रतिशत मत खसेको थियो ।  चार लाख ८ हजार ३४२ मतदाता रहेको चितवनमा दुई लाख ६४ हजार मत खसेका चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :मंसिर ५, २०७९ सोमवार - ०८:५२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology