Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

गोरखा १ मा गठबन्धनबाट काँग्रेसका राजेन्द्र बजगाई निर्वाचित

गोरखा १ मा गठबन्धनबाट काँग्रेसका राजेन्द्र बजगाई निर्वाचित

images

इच्छाकामना न्युज

७, मंसिर २०७९
गोरखा १ मा गठबन्धनबाट काँग्रेसका राजेन्द्र बजगाई निर्वाचित
images

गोरखा । गोरखा निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन् ।

निकटत्तम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गर्दै बजगाईँ विजयी भएका हुन् ।
बजगाईँले ३३४२८ मत प्राप्त गरेका छन् भने बस्नेतले १६७८५ मत प्राप्त गरेका छन् ।

गोरखा १ मा कूल एकलाख १५ हजार ३९७ मतदाता मध्य ६० हजार ४३१ मत खसेको थियो ।

यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा गोरखा १ को प्रदेश क्षेत्र १ बाट बजगाईँ र बस्नेत दुवैजना प्रतिस्पर्धी थिए । त्यतिबेला बस्नेतले बजगाईँलाई पराजित गरेका थिए ।

अहिले प्रतिनिधिसभा निर्वाचनमा पनि उनीहरु दुवै जनाको चुनावी प्रतिस्पर्धा भएको हो । भीमसेन थापा गाउँपालिका १ मसेल रावलडाँडा स्थायी ठेगाना भएका बजगाई यसअघि नेपाली कांग्रेसको बाह्रौँ जिल्ला अधिवेशन, तेह्रौँ जिल्ला अधिवेशन र चौधौ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - २२:३६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology