Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

समानुपातिक मतगणनामा एमालेले कटायो ९ लाख मत, कुन दलको कति ?

समानुपातिक मतगणनामा एमालेले कटायो ९ लाख मत, कुन दलको कति ?

images

इच्छाकामना न्युज

९, मंसिर २०७९
समानुपातिक मतगणनामा एमालेले कटायो ९ लाख मत, कुन दलको कति ?
images

काठमाण्डौ । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएकाे छ । 

एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ ।  तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३९ हजार ५३८ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख ८ हजार १०२ मत रहेको छ ।

राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३७ हजार ५२४ मत रहेको छ भने जसपा नेपालको १ लाख १५ हजार ६५२ रहेको छ । जनमत पार्टीले ६९ हजार ४९५ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)को ६३ हजार १५९ मत रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ८०९ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार २३८ मत पाएको छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - ०८:३०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology