Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङमा एमाले पहिलो दल

लमजुङमा एमाले पहिलो दल

images

इच्छाकामना न्युज

१२, मंसिर २०७९
लमजुङमा एमाले पहिलो दल
images

लमजुङ । लमजुङमा  प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल हुन सफल भएको छ ।

एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक मत ३१ हजार, एक सय ७८ प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २७ हजार ७ सय ९६ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ६ हजार ४ सय ८३ मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार २ सय १८ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ ।

समानुपातिक तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी २३ सय ८, नेकपा एकीकृत समाजवादी पार्टी ५ सय ८२, जनता समाजवादी पार्टी २ सय ६१, मंगोल नेशनल अर्गनाइजेसन ४ सय ९७, राष्ट्रिय जनमोर्चा ३६, जनमत पार्टी ६८, नेकपा माले ४३, नेकपा माओवादी समाजवादी ४६, हाम्रो नेपाली पार्टी ४४, राष्ट्रिय जनमुक्ति पार्टी ५०, नेपाली कांग्रेस विपी २१ जनसमाजवादी पार्टी २७, सामाजिक एकता पार्टी ६७, नेमकिपा १९, विवेकशील साझा ८, आमुल परिवर्तन मसिहा पार्टी ७९, नागरिक उन्मुक्ति पार्टी १५, नेपाली जनता दल ४१ मत प्राप्त गरेका छन् ।

images
प्रकाशित मिति :मंसिर १२, २०७९ सोमवार - ०८:०६:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology