गोरखा – गोरखाको गण्डकी गाउँपालिका वडा न ४ मा रहेको कौदी क्लबले माघे सक्रान्तिको अवसर पारेर १७ औ कौदी कप फुटबल प्रतियोगिता २०७९ आजबाट औपचारिक रुपमा सञ्चालन गरेको छ । प्रतियोगितामा कुल १९ टिमले सहभागिता रहेको क्लबको अध्यक्ष दिपक गुरुङले इच्छाकामना न्यूजलाई बताए । प्रतियोगिता माघ ७ गत्तेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले रु १ लाख २५ हजार १ रुपैया र उपविजेताले रु ६० हजार १ रुपैया प्राप्त गर्ने छ ।

आजको उद्घाटन विविध सास्कृतिक कार्यक्रम सहति भव्यरुपमा सुरुवात गरिएको थियो । कार्यक्रमको समापन यहि माघ ७ गत्ते हुने छ । तस्बिर – दिनेश श्रेष्ठ
