Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन प्रचण्डमाथि ओलीको दबाब

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन प्रचण्डमाथि ओलीको दबाब

images

इच्छाकामना न्युज

१, फाल्गुण २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन प्रचण्डमाथि ओलीको दबाब
images

काठमाण्डौ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तर दबाबमा पारेका छन्। एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका दाहालविरुद्ध ओली सुरुदेखि नै हाबी हुँदै आएका छन्। अझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि ओलीले दाहालमाथि थप दबाब खडा गर्दै आएका छन्। नागरिकता विवादमा सर्वोच्चबाट फैसला आएपछि सबै पद गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा फिर्ता ल्याउन ओलीले निरन्तर दबाब दिँदै आएका हुन्।

ओलीले आफ्नो नेतृत्वमा रहेको उच्चस्तरीय संयन्त्रमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रास्वपाको साथ पाएका छन्। आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा ओलीले रास्वपालाई पुनः सरकारमा सहभागी गराउन आग्रह गरे।  

रास्वपाले पूर्वसहमतिअनुसार गृहसहित उपप्रधानमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको छ। सरकार गठनका बेला भएको सहमति कार्यान्वयनका लागि ओलीले दबाब दिँदै आए पनि प्रधानमन्त्री दाहाल रास्वपालाई गृह मन्त्रालय दिने पक्षमा छैनन्।

राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै प्रधानमन्त्री दाहालले त्यसका लागि पहल गर्नुपर्ने बताउँदै आएका छन्। तर ओलीसहितका अन्य नेता पूर्वसहमतिअनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने पक्षमा छन्। सोही विषयमा रास्वपा सभापति रवि लामिछानेले आइतबारको बैठकमा चासो राखे। गठबन्धनका दलहरूबीच फरक धारणा आएको भन्दै प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँग उनले जवाफ मागेका थिए। दाहाललाई प्रधानमन्त्री नियुक्त गर्दा साथ दिएका जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएका छैनन्। सो विषयमा पनि बैठकमा छलफल भएको थियो।

images
प्रकाशित मिति :फाल्गुण १, २०७९ सोमवार - ०८:३०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology