चितवन । चितवनका पर्यटन व्यवसायी ध्रुुव गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा मनोनित भएका छन्। रास्वपाले केन्द्रीय समिति विस्तार गर्ने क्रममा विगतमा नेकपा एमालेसँग आस्था राख्दै आएका सौराहाका पर्यटन व्यवसायी गिरीलाई केन्द्रीय समितिमा मनोनित गरेको हो। नेता गिरी सपना भिलेज होटलका सञ्चालक हुन्।
सोमबार बसेको केन्द्रीय समिति बैठकले सोमबार १६ जना सदस्य मनोनित गरेपछि केन्द्रीय समितिको संख्या २४ बाट ४० सदस्यीय बनेको रास्वापा सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
गिरिसँगै निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरू, मेघ आले, मोहनबहादुर थापा, खुस्बु श्रेष्ठ, टीका संग्रौला (ज्वाला), हरि भट्ट, निमा अधिकारी, रमेश प्रसाईँ, अर्जुन अधिकारी क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा केन्द्रीय सदस्यमा मनोनित भएका हुन्।