Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

माओवादी केन्द्र गोरखाको जिल्ला इन्चार्जमा पूर्व जनसरकार प्रमुख अमर तमु चयन

माओवादी केन्द्र गोरखाको जिल्ला इन्चार्जमा पूर्व जनसरकार प्रमुख अमर तमु चयन

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०७९
माओवादी केन्द्र गोरखाको जिल्ला इन्चार्जमा पूर्व जनसरकार प्रमुख अमर तमु चयन
images

गोरखा । तत्कालिन नेकपा माओवादीको गोरखा जिल्लाको जनसरकार प्रमुख अमर तमु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाको इन्चार्जमा चयन हुनुभएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका तमुलाई गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

यसअघि जिल्ला इन्र्चाज रहनु भएका नेता कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित हुनुभएपछि गोरखा जिल्ला इन्चार्ज रिक्त रहदै आएको थियो । सभामुख धितालले पार्टीका सवै जिम्मेवारीबाट राजीनामा दिनुभएपछि सहइन्र्चाज तमुलाई पार्टीले जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको हो । बि.स २०५३ सालमा पार्टीको पूर्णकालिन सदस्य भएर जनयुद्धमा होमिनु भएका नेता तमु बि.स २०५५ सालमा पार्टीको जिल्ला कमिटी सदस्य, २०५८ सालमा उपव्युरो सदस्य तथा पार्टीको गोरखा जिल्लाको जनसरकार प्रमुख बन्नु भएको थियो ।

२०५९ मा तत्कालिन नेकपा माओवादीको तत्कालिन क्षेत्रिय व्युरो सदस्य बन्नु भएका उहाँले बि.स २०६० देखि एक बर्ष कास्की जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएको थियो । त्यस्तै बि.स २०६९ सालमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनु भएका नेता तमु अहिलेसम्म पनि लगातार पार्टीको केन्द्रीय समितिमा रहेर जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

यसअघि पनि नेता तमुले २०७० सालदेखि ०७२ सम्म गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाली सक्नु भएको छ । बि.स २०६४ साल भएको पहिलो ऐतिहासिक संविधानसभामा गोरखा क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य पदमा उहाँ निर्वाचित भएर संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - २०:००:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology