Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

बारपाक सुलिकोटमा मनासलु कप फुटबल प्रतियोगिता हुने

बारपाक सुलिकोटमा मनासलु कप फुटबल प्रतियोगिता हुने

images

इच्छाकामना न्युज

२१, चैत्र २०७९
बारपाक सुलिकोटमा मनासलु कप फुटबल प्रतियोगिता हुने
images

गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिका, ६ बाहाकोटमा नयाँ वर्षको अवसरमा दोस्रो मनासलु कप फुटबल प्रतियोगिता हुने भएको छ। स्थानीय मनासलु युवा क्लबद्वारा आयोजना हुनगइरहेको खुल्ला फुटबल प्रतियोगिता बैशाख १ गत्तेदेखि ५ गत्तेसम्म सञ्चालन हुने खेल संयोजक बालकृष्ण गुरुङले इच्छाकामना न्युजलाई बताए । प्रतियोगिता सहीद आशाकाजी श्रेष्ठ रंगशालामा सञ्चालन हुने छ । 


प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद, रु १ लाख एक हजार एक सय एघार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो स्थान हासिल स्थान गर्ने टिमले नगद, रु ५० हजार पाच सय पचपन्न रुपैया सहित मेडल, प्रमाण पत्र प्राप्त गर्ने छ । टिम दर्ता शूल्क ८ हजार लाग्ने छ । 

प्रतियोगिता पूर्णतया नकाउट सिस्टममा खेलाइने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोल रक्षक र सर्वाधिक गोलकर्तालाई समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको छ । 

 

images
प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - २२:५५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology