Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

विकास र समृद्धि नै मेरो चाहना : एमाले उम्मेद्वार सर्वेन्द्र खनाल

विकास र समृद्धि नै मेरो चाहना : एमाले उम्मेद्वार सर्वेन्द्र खनाल

images

इच्छाकामना न्युज

२८, चैत्र २०७९
विकास र समृद्धि नै मेरो चाहना : एमाले उम्मेद्वार सर्वेन्द्र खनाल
images

तनहुँ । नेकपा एमालेको तर्फवाट प्रतिनिधीसभाको उपनिर्वाचनमा उम्मेदवार सर्वेन्द्र खनालले विकास र समृद्धि नै आफनो चाहना भएको वताएका छन् । राष्ट्रसेवामा लामो समय योगदान गरेको र अव देश र जनताको चाहना पुरा गर्नका लागी आफुले उपनिर्वाचनमा उम्मेदवार दिएको वताए । 

प्रहरी संगठनमा रहेर ठुलो ठुलो मिशन पुरा गरेको हुदाँ अवको उद्येश्य सामाजिक योगदान हो । यसका लागी जनतावाट अनुमोदन भएर देशको विकास गर्न चाहन्छु । पदमा रहेर धेरै काम गर्न सकिने हुदाँ यस अघिका जनप्रतिनिधीले जनतालाई धोका दिएको छ । जसका कारणले जनतामा नेता र राजनितीप्रति नै आक्रोश पैदा गरेको छ । त्यसलाई चिर्नका लागी नै म राजनितीमा आएको हुँ, उम्मेदवार खनालले वताए । 

देशमा भष्ट्राचार र वेथिती छ, जसलाई म नजिकवाट जान्दछु । पदमा रहने तर केही नगर्ने प्रवृक्तिले जनआक्रोश वढेको हुदाँ म त्यसलाई समाधान गरेर जनताको विकास र समृद्धिम लाग्नेछु, खनालले वताए । जनताको आशाको किरण नेकपा एमाले मात्र भएको हुदाँ परिवर्तन एमालेको सरकारले मात्र गर्न सक्ने खनालले दावी गरे । 

सरकारी सेवामा रहेर देश र जनताको सुरक्षाका लागि लडेको वताउँदै खनालले देशमा भएको अराजकताको अन्त्यमा आफुले ठुलो योगदान गरेको वताए । देशमा जनयुद्ध, मधेश आन्दोलन, ललिता निवास लगायत विभिन्न विषयमा नेतृत्वकर्ताको भुमिका वहन गरेको छु । शान्तिसुरक्षामा आफुले खेलेको भुमिकालाई समेत नजिकवाट नियाल्न उम्मेदवार खनालले आग्रह गरे ।

सरकारी सेवामा रहेर आफुले योगदान गरिसकेको हुदाँ जनप्रतिनिधी वनेर समाज रुपान्तरण गर्न सकिने विश्वास खनालले गरे । 

images
प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - २२:५१:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology