Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

निस्वार्थ भावना लिएर पार्टीको काममा समर्पित हुनुस् : एमाले नेता गोकर्ण विष्ट

निस्वार्थ भावना लिएर पार्टीको काममा समर्पित हुनुस् : एमाले नेता गोकर्ण विष्ट

images

इच्छाकामना न्युज

८, आषाढ २०८०
निस्वार्थ भावना लिएर पार्टीको काममा समर्पित हुनुस् : एमाले नेता गोकर्ण विष्ट
images

गोरखा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले निस्वार्थ भावना लिएर पार्टीको काममा समर्पित हुन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रवार जिल्ला सदरमुकाममा भएको एमाले गोरखा सचिवालयको ८ औं बिस्तारित बैठकमा बोल्दै उनले दवावमा नभई स्वइच्छाले पार्टीको काममा समर्पित हुनुपर्ने बताए ।

‘पार्टीको काम हत्कडी लगाएर दवावमा गराउने नभई स्वइच्छाले आफै गर्ने काम हो,’ पार्टीको गण्डकी प्रदेश इन्चार्ज समेत रहेको विष्टले भने, ‘मेरो जिन्दगी केबल मेरो लागि मात्र होइन, देश र जनताको लागि पनि हो भन्ने भावनाले हामी पार्टीमा गोलबन्द भएका छौं ।’

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु रामशरण बस्नेत, सम्झना देवकोटा, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, सचिव धनन्जय दवाडी लगायतका उपस्थित रहेको थियो । एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा शुक्रवार बसेको बैठकले पार्टीको वार्षिक बजेट तथा कार्ययोजना निर्माण गर्ने, विभिन्न जिम्मेवारी तोक्ने, सदस्यता नविकरण तथा विस्तारलाई तिब्रता दिने निर्णय समेत गरेको छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - २०:१८:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology