Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

काँग्रेस निकट मगर संघ तनहुँको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काँग्रेस निकट मगर संघ तनहुँको अन्तरक्रिया कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

२४, भाद्र २०८०
काँग्रेस निकट मगर संघ तनहुँको अन्तरक्रिया कार्यक्रम सम्पन्न
images

तनहुँ । नेपाल राष्ट्रिय मगर संघ तनहुँको आयोजनामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँ र संघबीचको अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय मगर संघ पार्टीको भातृ संगठन भएकाले संघका गतिविधिलाई कांग्रेस पार्टीसँग अन्तर सम्बन्ध कायम गरि अगाडि बढाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले मगर संस्कार र संस्कृतिको आफ्नै छुट्टै पहिचान र विशेषता भएकाले यसको संरक्षण र सवद्र्धनमा भातृ संगठनको भूमिका महत्वपूर्ण हुने बताए । पार्टीका विभिन्न गतिविधिलाई अगाडि बढाउन भातृ संस्थाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै यो अभियानमा नेपाल राष्ट्रिय मगर संघ सक्रिय हुनुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सहमहामन्त्री जीतराज रानाले तनहुँ मगरहरुको बहुल्यता भएको जिल्ला भएकाले पनि जातीय पहिचान कायम राख्दै कला र संस्कृतिको संवद्र्धनमा नयाँ पुस्तालाई पनि जागरुक बनाउनुपर्ने बताए । 

नेपाल राष्ट्रिय मगर संघ तनहुँकी अध्यक्ष माया रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका गण्डकी प्रदेश सभापति पदम पुन, नेपाली कांग्रेस तनहुँका सचिव सहदेब अधिकारी, संघका पूर्व केन्द्रिय सदस्य निलबहादुर थापा, प्रदेश उपसभापति पूर्णसिं राना, नेपाल राष्ट्रिय मगर संघ व्यास नगर सभापति पूर्ण बहादुर थापा, राष्ट्रिय मगर संघ तनहुँका उपसभापति मणीराज थापा, व्यास नगर सचिव लिलबहादुर थापा लगायतले आ आफ्नो धारणा व्यक्त गरेका थिए । 

कार्यक्रम लगतै नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको घुम्ती बैठक पनि सम्पन्न भएको संघको गण्डकी प्रदेशका उपसभापति एवं सञ्चार संयोजक केशकुमारी रानाले जानकारी दिइन्। बैठकमा गण्डकी प्रदेशका आठ जिल्लाको सहभागीता रहेको थियो ।

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - २२:१४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology