Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ग्यालेक्सी टीभीका प्रमुख जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी, सहकारी मार्फत १ अर्ब ८ करोड ठगी गरेको आरोप

ग्यालेक्सी टीभीका प्रमुख जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी, सहकारी मार्फत १ अर्ब ८ करोड ठगी गरेको आरोप

इच्छाकामना न्युज

२५, भाद्र २०८०
ग्यालेक्सी टीभीका प्रमुख जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी, सहकारी मार्फत १ अर्ब ८ करोड ठगी गरेको आरोप

काठमाण्डौँ । पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक समेत रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

images

गितेन्द्र राई (जीबी) समूहको पहिलो सहकारीविरुद्ध् ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले भाद्र २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।

‘बचतकर्ताहरूले जाहेरी दिएको आधारमा ७ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जीबी राईसहित उनको टोलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। सूर्यदर्शन सहकारी जीबी समूहकै सहकारी हो। अहिले यसको अध्यक्षमा थानबहादुर बुढा छन् भने कोषाध्यक्षमा जीबीका मुख्य सहयोगी कुमार रम्तेल छन्। जीबी ग्यालेक्सी टेलिभिजनका सञ्चालक हुन् भने रम्तेलसमेत ग्यालेक्सीमा संलग्न छन्।

प्रहरीले सहकारीका कुनै सञ्चालकलाई पक्राउ गरेको छैन। तर, उनीहरू उच्च निगरानीमा रहेको दाबी गरेको छ। सहकारीको कुल कारोबार १ अर्ब ५५ करोड रहेको देखिएको छ।

जीबी समूहका अन्य सहकारी पनि जोखिममा

जीबी समूह अन्तर्गत पोखराको सूर्य दर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी रहेका छन्। यी सबै सहकारीमा बचतकर्ताले रकम फिर्ता नपाएको भन्दै विवाद हुँदै आएको छ। सबै सहकारीमा बचतकर्ताको १६ अर्बभन्दा बढी बचत रकम रहेको देखिन्छ। जीबी समूह सहकारीसँगै नेटवर्किङ व्यवसायमा समेत संलग्न छ।

images
प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - २२:४०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology