Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्षकाे अश्लील भिडियाे सार्वजनिक

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्षकाे अश्लील भिडियाे सार्वजनिक

इच्छाकामना न्युज

३०, भाद्र २०८०
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्षकाे अश्लील भिडियाे सार्वजनिक

झापा । दमकका एक युवा व्यवसायी तथा दमककाे स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षकाे याैन कर्तुतको अश्लील भिडियो सार्वजनिक भएको छ ।

images

अधिकांश कार्यक्रममा महिला अधिकार र समाजलाई मार्ग निर्देश गर्ने चर्का भाषण ठाेकेर नथाक्ने दमकका युवा व्यवसायी बुद्धिसागर बरालले एक महिलासँग सामाजिक सञ्जालमा अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि उनको असली रुप उदाङ्गिएकाे हाे ।

अटो मोवाइल्स एशोसिएशनमा समेत नेतृत्व गर्दै आएका, नागरिकतामा एउटा र समाजमा चिनिने अलग अलग नाम भएका बराललाई स्थानीयले विमल बराल भनेर चिन्छन । आफूलाई लायन्स क्लब लगायतका विभिन्न सामाजिक संस्थाहरुमा उभ्याएर समाजसेवामा अगाडी देखाउन रुचाउने बरालले एक महिलासँगको भिडियो कलमा संवेदनशील अङ्ग प्रदर्शन समेत गरेको अश्लिल भिडियो बाहिर आएको हो ।

भिडियोमा बरालले ति महिलाको संवेदनशील अङ्गहरू नियाल्दै मुखबाट जिब्रो निकालेर अस्लिल अभिनय गरेका छन । महिलाले प्रदर्शन गरेको भित्री अंगहरु नियाल्ने कामसँगै उनले आफनो संवेदनशील अङ्ग  प्रदर्शन गरेपछि अहिले बरालको चौतर्फी आलोचन भईरहेको छ।

यस विषयमा बरालको प्रतिक्रिया लिन सम्पर्क गर्दा उल्टै विभिन्न मानिसहरुलाई फोन गर्न लगाएर बरालले दबाब दिएका छ्न । कल गर्नेहरुमा सहकारी, काङ्ग्रेस नेतादेखी एमाले सम्बद्ध युवाहरू छ्न । उनीहरूले यो समाचार बाहिर नल्याउन दबाब दिएका छ्न ।

केपी ओलीसँग फोटो खिचेपछि झनै हंगामा

बरालको यस किसिमको भिडियो बाहिर आएपछि उनले नेतृत्व गर्दै आएका सबै संघ संस्थाहरुमा यो बिषयमा व्यापक छलफल भएको थियो । बराल राप्रपा झापा जिल्ला उपाध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय बरालका छोरा हुन ।

उनी राजनीतिक रुपमा राप्रपामा आवद्ध थिए तर यो भिडियो बाहिरिएपछि एकाएक पार्टी परिवर्तन गर्दै एमालेमा प्रवेश गरेका छन । साता अघि एमाले अध्यक्ष केपी ओली दमक आएको समयमा उनलाई एमालेमा भित्रयाएपछि एमाले कार्यकर्ताबीच हंगामा मच्चिएको छ ।

एमाले भित्रका असल र इमान्दार कार्यकर्ताहरुबीच पार्टीका केही नेतृत्वले गलत आचरण व्यवहार भएका र नैतिकता गुमाएका मानिसहरुलाई पार्टीमा आश्रय दिएर संरक्षण गर्न खोजिएको भन्दै भित्रभित्रै आलोचना भईरहेको छ । भिडियो सार्वजनिक भएपछि उनले चलाउदै आएको फेसबुक अहिले डिएक्टिभ गरेका छन्।  अर्थ सञ्जालबाट

images
प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - ०७:४७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology