Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदै, कोशी र कर्णालीमा मतगणना

एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदै, कोशी र कर्णालीमा मतगणना

images

इच्छाकामना न्युज

१५, आश्विन २०८०
एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदै, कोशी र कर्णालीमा मतगणना
images

काठमाण्डाै । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने एमालेले जनाएको छ ।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन शुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकाल्ने तयारी छ । गण्डकी प्रदेश अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् । 

यस्तै, एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व चयनका मतदान भएको छ । मतगणना आज दिउँसोदेखि शुरु गर्ने तयारी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९९७ प्रतिनिधिमध्ये ९७७ जनाले मतदान गरेका छन् । अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ ।

प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा छ । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी तथा उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशीले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । 

एमाले कर्णाली प्रदेश अधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना पनि आज हुँदैछ । नयाँ नेतृत्वका लागि भएको मतदानमा ६०९ मत खसेको छ । ६१६ प्रतिनिधिमध्ये ६०९ जना मतदानमा सहभागी भएका हुन् । अध्यक्षमा कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलावजंग शाह र कालीकोटका प्रकाश रोकायाबीच प्रतिस्पर्धा छ ।

उपाध्यक्षमा लागि जाजरकोटका लालबहादुर महतारा, जुम्लाका टेकराज पछाई र मुगुका दानसिंह परियार तथा सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीले उम्मेदवारी दिएका छन् ।

यस्तै, दुई जना उप–सचिवका लागि ९ जनाबीच प्रतिस्पर्धा छ ।  ४४ जना प्रदेश कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन् । 

images
प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - ०८:२६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology