Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एमाले गण्डकी अध्यक्षमा पिएस समूहको नवराज शर्मा बिजयी

एमाले गण्डकी अध्यक्षमा पिएस समूहको नवराज शर्मा बिजयी

images

इच्छाकामना न्युज

१९, आश्विन २०८०
एमाले गण्डकी अध्यक्षमा पिएस समूहको नवराज शर्मा बिजयी
images

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्। एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूहका शर्माले प्रतिस्पर्धी खगराज समूहका मायानाथ अधिकारीलाई १ सय ६६ मतान्तरले पराजित गर्दै शर्मा पुनः अध्यक्षमा चयन भएका हुन्। अध्यक्षमा निर्वाचित शर्माले ५ सय ३१ मत प्राप्त गर्दा पराजित अधिकारीले ३ सय ६५ मत प्राप्त गरे। अध्यक्षमा निर्वाचित शर्मा एमाले गण्डकीका तदर्थ समितिका अध्यक्ष हुन्।

उपाध्यक्षमा पिएस समूहकै मीनबहादुर गुरुङ निर्वाचित भए। उनले प्रतिस्पर्धी खगराज समूहका बाबुराम विकलाई १७२ मतान्तरले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचित गुरुङले ५३४ मत प्राप्त गरे भने पराजित विकले ३६२ मत प्राप्त गरे। सचिवमा पिएस समूहका धनञ्जय दवाडी निर्वाचित भए। उनी प्रतिस्पर्धी खगराज समूहका रश्मि आचार्यलाई १४४ मतान्तरले पराजित गर्दै विजयी भए। विजयी दवाडीले ५२० मत प्राप्त गर्दा पराजित आचार्यले ३७६ मत प्राप्त गरे। उपसचिवमा पिएस समूहका दामबहादुर विक विजयी भए। खगराज समूहका सन्तोष रावललाई १०२ मतान्तरले पराजित गर्दै विक बिजयी भए। विजयी विकले ४९९ मत प्राप्त गर्दा पराजित रावलले ३९७ मत प्राप्त गरे।

उपसचिव महिलामा पिएस समूहका मञ्जु अधिकारी प्यासी विजयी भइन्। उनी खगराज समूहकी मीना गुरुङलाई १६६ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन्। विजयी अधिकारीले ५३१ मत प्राप्त गर्दा पराजित गुरुङले ३६५ मत प्राप्त गरिन्।

सदस्यमा भने मिश्रित नतिजा आएको छ। बिहीबार भएको मतदान राती अवेर सकिएपछि मतगणना शुक्रबार विहानसम्म गरिएको थियो। बिहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो। एमाले गण्डकीमा कुल ९०७ प्रतिनिधि थिए। तर अन्यले मतदान गरेनन्।

images
प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - ०८:०५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology