Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छ : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छ : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

images

इच्छाकामना न्युज

२६, आश्विन २०८०
कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छ : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
images

गोरखा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म निरपेक्षता लगायत धेरै विषय कसैलाई केही, कसैलाई केही मन परेको छैन’ गृहजिल्ला गोरखामा नेपाली कांग्रेस जिल्ला पार्टीले आज आयोजना गरेको जिल्ला सम्मेलनमा बोल्दै उनले भने ‘उपलब्धी उल्ट्याउन कांग्रेसलाई कमजोर बनाउने तत्वहरु अहिले सल्बलाएका छन् ।’ प्राप्त उपलब्धीको रक्षा गर्दै देश बिकासमा अघि बढ्नुपर्ने उनले बताए ।

गोरखाको नेपाली कांग्रेस भित्रको एकता र आत्मियतालाई कायम राख्नुपर्ने बताउँदै उनले कहिलेकाँही खल्बल्याउने प्रयत्न देखिने गरेको उनले बताए । ‘अधिवेशन, महाधिवेशन, निर्वाचनको टिकटका विषयलाई लिएर संगठन कमजोर बनाउने होईन’ मुख्यमन्त्री पाण्डेले भने ‘संगठन सुदृढ बनाए आगामी निर्वाचनमा कसरी जित्ने ? त्यो अनुसार अघि बढ्ने हो ।’

कांग्रेसभित्र हरेक तहमा अब्बल पात्र धेरै रहेको बताउँदै केन्द्रिय सदस्य समेत रहेका मुख्यमन्त्री पाण्डेले भने ‘यो हाम्रो व्यवस्थाले सबैले एकै पटक नेतृत्व गर्न मिल्दैन, यो बुझ्नुपर्छ ।’

कांग्रेस नेतृत्वको स्थानीय तह, प्रदेश र संघ सरकारले गरेका, भएका राम्रा कामलाई जनताको विचमा लैजान नसकेको उनले बताए । ‘गण्डकी प्रदेश सरकारको नेतृत्व मैले गरिरहेको छु, बिकासको बारेमा कांग्रेस कार्यकर्ता र जनताले शिर झुकाउन नपर्ने गरि सरकारले आफ्नो क्षमताले भ्यायसम्म काम गर्नेछ’ उनले भने । औँला ठड्याउने अवस्था आउन नदिने गरि गण्डकी सरकारले जनताको पक्षमा काम गर्ने मुख्यमन्त्री पाण्डेले बताए । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षता र कांग्रेस महामन्त्री गगन थापाको प्रमुख आथित्यतामा जिल्ला सम्मेलन भएको हो ।

images
प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - २२:२३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology