गोरखा – गण्डकी गाउँपालिकाको भुम्लिचोकमा वडा दशैको अवसर पारेर छैठौ भैरवी कप फुटबल प्रतियोगित २०८० हुने भएको छ । भुम्लिचोक युवा क्लबले आयोजना गर्न लागेको उत्त प्रतियोगिता कात्तिक ३ गत्तेबाट सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद रु ३० हजार र द्धितिय स्थान हासिल गर्नेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा सहभागि जनाउने टिमले रु ४५०० दर्ता शूल्क तिर्नुपर्ने छ । भुम्लिचोक युवा क्लबले दशैको अवसरमा प्रत्येक वर्ष भैरवी खेलमैदानमा प्रतियोगिता गर्दै आएको छ । अर्काे तर्फ आन्तरिक पर्यटनको सम्भावना बोकेको उत्त स्थानमा वर्षैदेखि दशैको अवसरमा फुटबल प्रतियोगिता हुदै आएको छ । दशैमा फुटबल भुम्लिचोकको पहिचान र संस्कृतिनै बनिसकेको छ ।