Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ताङ्लिचोकमा तिहारमा भव्य फुटबल प्रतियोगिता हुने

ताङ्लिचोकमा तिहारमा भव्य फुटबल प्रतियोगिता हुने

इच्छाकामना न्युज

१५, कार्तिक २०८०
ताङ्लिचोकमा तिहारमा भव्य फुटबल प्रतियोगिता हुने
images

गोरखा । गण्डकी गाउँपालिका वडा न, २ ताङ्लिचोकमा तिहारको उपलक्ष्यमा तिलक कमल स्मृति कप नाइन ए साइड फुटबल प्रतियोगिता २०८० हुने भएको छ । महादेव डाँडा युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता कात्तिक २३ देखि २७ सम्म चल्ने छ । 

images
images


प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद रु १ लाख दश हजारका साथै ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्ने टिमले नगद रु ५५ हजारका साथै मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छ । त्यस्तै प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले समेत आकर्षक पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा सहभागि जनाउने टिमले ७ हजार दर्ता शुल्क आयोजकलाई बुझाउनुपर्नेछ । प्रविन गुरुङ प्रतियोगिताको मुख्य प्रयोजक रहने छ । महादेव डाँडा क्लबले तिहारको उपलक्ष्यमा वर्षेनि फुटबल प्रतियोगिता गर्दै आएको छ । अर्काे तर्फ भुम्लिचोक, ताङलिचोक र मकैसिङमा दशै र तिहारमा फुटबल खेल्ने संस्कार संस्कृतिको रुपमै विकास भैसकेको छ । 

images
प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - २०:५०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology