Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे, अरू ३० सिट पुगे मात्रै स्वतन्त्र सांसद मनाङेले मत दिने

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे, अरू ३० सिट पुगे मात्रै स्वतन्त्र सांसद मनाङेले मत दिने

images

इच्छाकामना न्युज

२८, जेठ २०८१
विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे, अरू ३० सिट पुगे मात्रै स्वतन्त्र सांसद मनाङेले मत दिने
images

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । उनको विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ । 

संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।  यद्यपि उनले बहुमत जुटाउन नसक्ने विपक्षीको दाबी छ ।

६० सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् । 

पाण्डेसँग हाल कांग्रेसका २७ सांसद मात्र छन् । राप्रपा मत दिन सकारात्मक देखिएको छ । 

त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि काठमाडौँबाट पोखरा आइसकेका छन् ।  उनले बहुमत पुग्ने सुनिश्चितता भए विश्वासको मत दिने बताए । 

`अरू ३० सिट पुगे म मत दिन्छु,´ उनले भने । ३१ सिट पुर्‍याउन बाँकी हुने १ सिट पाण्डे विपक्षी गठबन्धनबाटै चोर्नुपर्छ । धेरैले नेसपा नेता तथा माओवादीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्न सक्ने आशङ्का गरेका छन् । 

तर माओवादी चाहिँ फ्लोर क्रस नहुने दाबी गर्छ । त्यसो त देवकोटा आइतबार भएको संसदीय दलको बैठकमा पन सहभागी थिए ।`उहाँ बैठकमा आउनुभयो । आफ्ना कुरा राख्नुभयो,´माओवादी प्रमुख सचेतक कुसुम बुढाले भनिन्, `शङ्का गर्नुपर्ने ठाउँ छैन ।´

पाण्डेले विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), प्रतिपक्षी माओवादी, राप्रपा, नेसपा र स्वतन्त्र सांसद राजीव गुरुङसँग आग्रह गरेका छन् । उनले आइतबार पत्र लेखेर मत दिन आग्रह गरेका हुन् । पाण्डेले बहुमत नपाए उपधारा (५) अनुसार सरकार बन्छ ।

images
प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - १०:१२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology