Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेकपा नेतृ रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरीलाई बालुवाटारको दवाव

नेकपा नेतृ रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरीलाई बालुवाटारको दवाव

इच्छाकामना न्युज

२८, माघ २०७७
नेकपा नेतृ रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरीलाई बालुवाटारको दवाव
images

काठमाडौं , २८ माघ  । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुको दबावमा गृह–सचिव महेश्वर न्यौपानेले नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिएका छन् ।

images
images

आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुनेगरी बोलेको आरोप छ । गोरखामा आयोजित विरोध कार्यक्रममा झाँक्रीले राष्ट्रपतिलाई बडामहारानी भनेकी थिइन् । राष्ट्रपतिको आलोचना गर्दै उनले भनेकी छिन्–‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् ।’

‘शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गएपनि हुन्छ ।’

उनको सो बोलीबारे राष्ट्रपति भण्डारी असन्तुष्ट छिन् । भण्डारीको असन्तुष्टि मेटाउन झाँक्रीलाई पक्राउ गर्न राज्यका संयन्त्र परिचालन गरिएको हो । उनलाई पक्राउ गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । ती अधिकारीले भने–‘झाँक्रीलाई पक्राउ गर्न गृहसचिव ज्यूले प्रहरी प्रधान कार्यालयलाई लगातार दबाब दिनुभएको छ ।’

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०९:५६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology