Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भाग्यमानी लमजुङ : जिल्लामा प्रत्यक्ष निर्वाचित तीनै जना सांसद बने मन्त्री

भाग्यमानी लमजुङ : जिल्लामा प्रत्यक्ष निर्वाचित तीनै जना सांसद बने मन्त्री

images

इच्छाकामना न्युज

६, कार्तिक २०८१
भाग्यमानी लमजुङ : जिल्लामा प्रत्यक्ष निर्वाचित तीनै जना सांसद बने मन्त्री
images

 पोखरा । लमजुङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित तीनै जना सांसद मन्त्री बनेका छन् ।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको लमजुङबाट संघमा प्रत्यक्ष निर्वाचित पृथ्वीसुब्बा गुरुङ संघमा र प्रदेश सभातर्फ निर्वाचित डा. टकराज गुरुङ र भेषबहादुर पौडेल प्रदेशमा मन्त्री बन्न सफल भएका हुन् ।

लमजुङबाट निर्वाचित संघमा पृथ्वीसुब्बा र प्रदेशमा डा. टकराज मन्त्रीमात्रै होइन, सरकारको प्रवक्तासमेत छन् ।

नेकपा माओवादीका महासचिवसमेत रहेका प्रतिनिधि सभा उम्मेदवार देव गुरुङलाई हराउँदै विजयी भएका एमाले उपमहासचिव पृथ्वीसुब्बा केपी ओली प्रधानमन्त्री भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए ।

गण्डकी प्रदेशको स्थापना कालका मुख्यमन्त्री हुँदै संघको टिकट पाएर सांसद बनेका पृथ्वीसुब्बालाई ओली सूचना मन्त्री बनाउँदै सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

लमजुङमा एमालेबाट संघमा पृथ्वीसुब्बाले चुनाव जित्दा प्रदेशतर्फ भने दुवै जना नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

पछिल्लो पटक सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेपछि लमजुङ प्रदेश सभा ‘क’तर्फबाट विजयी डा. टकराजलाई गत जेठ १६ गते अर्थमन्त्री नियुक्त गर्दै सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएका थिए ।

अर्थमन्त्री डा. टकराजले चालु आर्थिक वर्षको बजेट ल्याएका छन् । उनले लमजुङमा एमालेका प्रभावशाली नेता जमिन्द्रमान घलेलाई हराउँदै प्रदेश सांसद बन्न सफल भएका थिए । डा. टकराज कांग्रेस सभापति शेरबहादुर देउवा समूहका हुन् ।

गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराजले भौतिक मन्त्री रहेका स्वतन्त्र सांसद दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, मनाङे कम प्रभावशाली मन्त्रालय दिएको भन्दै अस्वीकार गरेर राजीनामा दिएपछि रिक्त वन तथा वन तथा वातावरण मन्त्रालयमा सोमबार लमजुङकै भेषबहादुरलाई जिम्मेवारी दिएका हुन् ।

मनाङेले राजीनामा दिएपछि कांग्रेसको संस्थापनइतर शेखर कोइराला–गगन थापा समूहका भेषबहादुरलाई मन्त्री बनाएका छन् ।

गण्डकीमा देउवा समूहबाट मात्र मन्त्री थिए । शेखरसँग नजिक रहेकी स्याङ्जाकी कल्पना अर्याल तिवारीलाई मन्त्री बनाउने योजना हुँदा गण्डकीमा गगन पक्षकै जोडबलमा लमजुङका भेषबहादुरले अवसर पाएका हुन् ।

images
प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - ०८:५७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology