Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रदर्शनमा पोखरेली नआएपछि मान्छे उतार्न पोखरामा घरदैलो गर्दै रास्वपा नेता

प्रदर्शनमा पोखरेली नआएपछि मान्छे उतार्न पोखरामा घरदैलो गर्दै रास्वपा नेता

images

इच्छाकामना न्युज

७, कार्तिक २०८१
प्रदर्शनमा पोखरेली नआएपछि मान्छे उतार्न पोखरामा घरदैलो गर्दै रास्वपा नेता
images

कास्की । रास्वपा सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन जारी छ । आन्दोलनमा पोखरावासीकै सहभागिता कम भएपछि रास्वपाले घर–घर पुगेर स्थानीयलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेको छ । नेताहरूले १० वटा छुट्टाछुट्टै टोली बनाएर पोखराका मुख्य-मुख्य बजारमा घरदैलो गरे । उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा.तोसिमा कार्की, सविता गौतम, रास्वपा नेता मनिष झा, रमेश प्रसाईँ लगायतले घरदैलोको नेतृत्व गरे । उनीहरूले सरकारको रवैयाविरुद्ध सडकमा निस्कन पोखरावासीलाई आग्रह गरेका थिए ।

सभापति लामिछाने पक्राउको विरोधमा प्रदर्शनकारी घटे पनि पोखरामा प्रदर्शन जारी छ । मंगलबार दिउँसो जिरो किलोमिटरबाट सुरु भएको ¥याली सिर्जनाचोक, सभागृहचोक, पृथ्वीचोक, बुद्ध चोक, रामबजार, अमरसिंहचोक हुँदै पुनः पृथ्वीचोकमा पुगेर टुंगिएको थियो । पृथ्वीचोक र अमरसिंहचोकमा भएको कोणसभामा रास्वपाका नेताले सम्बोधन गरेका थिए । रास्वपाका उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा.तोसिमा कार्की, सविता गौतम, रास्वपा नेता रमेश प्रसाईँ लगायतले बोलेका थिए । उनीहरूले राजनीतिक प्रतिशोध साँधेर लामिछानेले पक्राउ गरिएको दोहो¥याए ।

 

images
प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - १०:२१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology