Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

त्रिशुली नदी संगम बेनी दोभानमा महादेव मूर्ति लाई पूर्णता दिन महायज्ञ शुरु

त्रिशुली नदी संगम बेनी दोभानमा महादेव मूर्ति लाई पूर्णता दिन महायज्ञ शुरु

इच्छाकामना न्युज

२३, कार्तिक २०८१
त्रिशुली नदी संगम बेनी दोभानमा महादेव मूर्ति लाई पूर्णता दिन महायज्ञ शुरु
images

गोरखा, कार्तिक २३ । गोरखाको बुढीगण्डकी त्रिशुली नदी संगम बेनी दोभानमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । कलश शोभा यात्रा पछि आयोजित एक कार्यक्रमका बीच गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सीनाले महायज्ञको औपचारिक उद्घाटन गर्नुभयो ।

images
images

गण्डकी गाउँपालिका वडा नं ८ बुढीगण्डकी त्रिशुली नदीको भिक्षु तिर्थ तोयानाथ पौडेलले आफ्नै व्यक्तिगत लगानीमा निर्माण गर्नुभएको निलकण्ठ महादेवको ४० फिट अग्लो मूर्ति बजेट अभावमा रोकिए पछि , मूर्ति लाई पूर्णता दिनका लागि महायज्ञको आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक लीला बहादुर विसुरालले जानकारी दिनुभयो ।

कात्तिक २९ सम्म सञ्चालन हुने ज्ञान महायज्ञमा तपस्वी गुरु उत्तम भट्ट महाराज प्रमुख वाचक रहेको सो आचार्य पण्डित पुरुषोत्तम खतिवडा लगायतले श्रीमद् भागवत कथा वाचन गर्नुहुनेछ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - ०७:५६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology