Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्दै प्रदेश खारेजी गर्नुपर्छ : काग्रेस नेता शंकर भण्डारी

नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्दै प्रदेश खारेजी गर्नुपर्छ : काग्रेस नेता शंकर भण्डारी

images

इच्छाकामना न्युज

२४, कार्तिक २०८१
नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्दै प्रदेश खारेजी गर्नुपर्छ : काग्रेस नेता शंकर भण्डारी
images

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले नेपाललाई  हिन्दु राष्ट्र घोषणा गर्न जरुरी रहेको बताउनु भएको छ ।  

नेपाल प्रजातन्त्र सेनानी सङ्घ तनहुँको शनिबार दमौलीमा गरिएको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोन्धन गर्दै भण्डारीले नेपाल सबै हिन्दूको आस्थाको केन्द्र बनाउन हिन्दु राष्ट्र घोषण गर्न ढिलाई गर्न नहुने बताउनुभयो  । हिन्दुराष्ट्र बनाउन कांग्रेसले घोषणापत्रमा नै समावेश गरेर जनता समक्ष जानुपर्ने भण्डारीको भनाई थियो । हरेक मुलकको आ–आफ्नो पहिचान र विशेषता हुने उल्लेख गर्दै भण्डारीले नेपालको मुख्य पहिचान हिन्दुराष्ट्र भएको बताउनुभयो ।

लथालिङ र भद्रगोलबाट बचाउँदै अर्थतन्त्र सुधारको लागि कांग्रेसले बैदिक सनातनक धर्मको बाटो अबलम्बन गर्नुपर्ने भण्डारीको भनाई थियो । धार्मिक पर्यटकीय स्थलहरुले थुप्रै नेपालीलाई रोजगारी दिएको र  अर्थतन्त्र सुधार गर्न धार्मिक स्थलको संरक्षण तथा प्रवद्धन गर्नु पर्ने भण्डारीको भनाई । विश्वभरीमा रहेका हिन्दुहरुलाई आस्थाको केन्द्र बनाउ सकियो भने आर्थिक समृद्धि हुन्छ त्यसको लागि हिन्दुराष्ट्र घोषणा गरिनु पर्दछ । अधिकांश जनताको चाहना हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने र प्रदेश खारेजी गर्नुपर्ने पाईएकोले जनताको भावानाको कदर गर्न हिन्दु राष्ट्र घोषणा गर्दै प्रदेश खारेजी गर्नुपर्ने भण्डारीले बताउनुभयो । कांग्रेसले बाटो बिराउँदा अन्तिम अवस्थामा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी छोडेको स्मरण गर्दै काँग्रेसको बाटो भनेको सनातन हिन्दु राष्ट्र भएको दाबी भण्डारीले गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, संविधान सभा सदस्य रामचन्द्र पोखरेल लगायतले प्रजातन्त्रका सेनाको सम्मानमा कमी आएको उल्लेख गर्दै उनिहरुको योगदान भावी पुस्तालाई जानकारी दिन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । कार्यक्रम नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँका अध्यक्ष समुन्द्र गोदारको अध्यक्षमा भएको थियो । कार्यक्रमको सहजीकरण सचिव प्रदीप घिमिरेले गर्नु भएको थियो ।

सांसद भण्डारी शनिबार नै  दमौलीको व्यास गुफामा एक महिने विश्व ॐकार तथा हिन्दू महामिलन पर्वको अवसरमा गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुनु भएको थियो । सो अवसरमा पनि भण्डारी नेपालको पहिचान कायम राख्न हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताउनु भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २४, २०८१ शनिवार - २१:४३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology