Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रवि लामिछानेलाई आज रुपन्देही लगिँदै, सुरक्षा व्यवस्था कडा

रवि लामिछानेलाई आज रुपन्देही लगिँदै, सुरक्षा व्यवस्था कडा

images

इच्छाकामना न्युज

२७, कार्तिक २०८१
रवि लामिछानेलाई आज रुपन्देही लगिँदै, सुरक्षा व्यवस्था कडा
images

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिने भएको छ ।

उनलाई बिहान ५ः४० बजे नै प्रहरीको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको थियो। तर,हुस्सुका कारण उडान प्रभावित भएकोले लामिछाने केही समय एयरपोर्टमै रोकिएका थिए।

प्रहरीका अनुसार बयानको प्रक्रिया आजै सम्पन्न गरी उनलाई पुन: कास्की फर्काउने तयारी गरिएको छ। यसअघि, बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरिएको भन्दै लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको थियो।

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनअनुसार, सुप्रिम सहकारीबाट करिब १ करोड ९६ लाख रुपैयाँ लामिछानेकै नाममा निकालिएको र थप १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा लगानी गरिएको पाइएको छ। यसअघि सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि रुपन्देही ल्याइएको हो।

प्रहरीले सुप्रिम सहकारीसँग सम्बन्धित बयान आजै सक्ने तयारी गरिरहेको छ।

images
प्रकाशित मिति :कार्तिक २७, २०८१ मंगलवार - १०:०३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology