Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शारदा गुरुङ बनिन् ब्रिटिस सेनाको मेजर

शारदा गुरुङ बनिन् ब्रिटिस सेनाको मेजर

इच्छाकामना न्युज

९, मंसिर २०८१
शारदा गुरुङ बनिन् ब्रिटिस सेनाको मेजर

लन्डन । कास्की जिल्लाको साबिक अन्नपूर्ण गाविस स्थित घान्द्रुक पुर्ख्यौली घर भएकी मेजर डा. शारदा गुरुङ (एमबीबीएस, एफआरसीए) ले बेलायतको प्रतिष्ठित रोयल मिलिटरी एकेडमी स्यान्ड्रस्ट (आरएमएसस) बाट कमिसन कोर्ष सफलतापूर्वक सकेर पासिङ आउट परेड भएकी छन्। 

images

ब्रिटिस आर्मीको विषेश अधिकृतको उपस्थितिमा २३ नोभेम्बर २०२४ मा दीक्षान्त समारोह सम्पन्न भएको थियो। सोही अवसरमा उनी रोयल आर्मी मेडिकल कर्पको रिजर्भ युनिटको मेजर पदमा कमिसन भइन् । 


डा। शारदा गुरुङ गुरुङ बुवा सत्रमान गुरुङ र आमा कमलादेवी गुरुङ ब्रिटिस आर्मीमा हुँदा सन् १९८७ साल हङकङमा जन्मिएकी थिइन् । उनले पोखराको सेन्ट मेरिज हाइस्कुलबाट सन् २००४ मा एसएलसी उत्तीर्ण गरी २००६ सालमा बुढानिलकन्ठ स्कुल काठमाडौँबाट प्लस टु गरेकी थिइन् र सोही साल काठमाडौँ मेडिकल कलेजमा भर्ना भएकी थिइन् । 


सन् २०११ मा एमबीबीएस उत्तीर्ण गरेपछि सन् २०१२ मा बुवाआमासँग बेलायत आएकी थिइन् । बेलायतको एनएचएसअन्तर्गत रोयल कलेज अफ एनिस्थेटिस्ट अध्ययनसँगै काम गर्न थालेकी थिइन् । 

उनले सन् २०१९ डिसेम्बरमा एफआरसीएको डिग्री हासिल गरेकी थिइन् । डा गुरुङ एभेलिना लन्डन बाल अस्पताल, गाइज एन्ड सेन्ट थोमस एनएचएस ट्रस्टमा पेडिएट्रिक एनेस्थेसिया कन्सल्टेन्टसमेत रहेकी थिइन् ।


उनको परिवारमा बुवाआमासहित दाई  हेमन्त गुरुङ, भाउजू समीता गुरुङ र भदैनीहरू शहरा रोज गुरुङ र शामना लिली गुरुङ रहेका छन् ।

ब्रिटिस गोर्खाको छोरीहरूमा सम्भवता सिधै मेजर पद पाउनेमा डा। गुरुङ पहिलो नेपाली मूलकी छोरी हुन् । गोर्खा मिडियाबाट साभार 

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - २१:१७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology