आँबुखैरेनी, १० मंसिर । तनहुँको आँबुखैरेनीबाट नियन्त्रित लागु औषध सहित ३ जना पक्राउ परेका छन ।
जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा नियन्त्रित लागु औषध सहित तनहुँ ब्यास न.पा.-१० बस्ने वर्ष २० को सुरेश परियार, ऐ.ऐ. बस्ने वर्ष २० को विशाल तामाङ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट न.पा.-४ बस्ने वर्ष २८ को कुल बहादुर थापा मगरलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
पक्राउ परेका सुरेश परियार र को विशाल तामाङको साथबाट लुकाई छिपाई ल्याएको अवस्थामा TRAMANIL लेखिएको जम्मा ३४० क्याप्सुल र कुल बहादुर थापा मगरको साथबाट लुकाई छिपाई ल्याएको अवस्थामा NITRAVET-10 लेखिएको जम्मा ३० ट्याब्लेट नियन्त्रित लागु औषध सहित बरामद गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनुभयो ।