Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बीआरआईलाई राष्ट्रिय हितअनुकूल ग्रहण गर्नुपर्छ : भट्टराई

बीआरआईलाई राष्ट्रिय हितअनुकूल ग्रहण गर्नुपर्छ : भट्टराई

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
बीआरआईलाई राष्ट्रिय हितअनुकूल ग्रहण गर्नुपर्छ : भट्टराई
images

गोरखा —पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले चीनको बीआरआई प्रोजेक्टलाई राष्ट्रिय हितअनुकूल हुने गरी ग्रहण गर्नुपर्ने बताएका छन् ।

गृहजिल्ला गोरखा आएका भट्टराईले सोमबार पत्रकार भेटघाट कार्यक्रममा बीआरआई प्रोजेक्टप्रति तर्सिएर लिनै हुन्न भन्नु सही नभएको र त्यसलाई नेपालको हित अनुकूलका पक्षलाई ग्रहण गरेर आफ्नो विकासलाई अघि बढाउनुपर्ने बताएका हुन् ।

‘बीआरआईमा अनुदान पनि छ, ऋण पनि छ, लगानी पनि छ, व्यापार पनि छ, अन्य कुरा पनि छन्, हाम्रो हितमा के चाहिन्छ, प्राथमिकता के हो भन्ने आधारमा हामीले छनोट गर्ने विषय हो,’ उनले भने, ‘पहिले नै तर्सिएर लिनै हुन्न, हुँदै हुन्न भन्नु सही होइन भन्ने मेरो धारणा हो ।’ सत्तारुढ गठबन्धन दलले बीआरआईमा साझा सहमति बनाएर अघि बढ्नुपर्ने उनले बताए ।

‘चीनजस्तो उदीयमान शक्तिलाई बढी चिढ्याउने गरी प्रस्तुत भयौं भने राष्ट्रिय हित चाहिँ गर्दैन, अहित हुने गरी सम्झौता गर्नुहुन्न,’ उनले भने, ‘तर बीआरआई बहिष्कार गर्ने, सहयोग लिन्न भन्ने ढंगबाट गयौं भने बिच्कने खतरा हुन्छ, त्यसो गर्न हुन्न ।’ बीआरआईको विषयमा सत्तारुढ दलबीच मतभिन्नता रहेको आफूले बुझेको पनि उनले बताए ।

यस विषयमा बाहिरी शक्तिको चलखेल हुनु बढो दुर्भाग्यपूर्ण रहेको पनि उनले बताए ।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - २०:३६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology