Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा नगरपालिका–५ को उपचुनाव : दलका प्रमुख ‘लिडर’हरुको प्रतिष्ठाको बिषय बन्दै

गोरखा नगरपालिका–५ को उपचुनाव : दलका प्रमुख ‘लिडर’हरुको प्रतिष्ठाको बिषय बन्दै

images

इच्छाकामना न्युज

१४, मंसिर २०८१
गोरखा नगरपालिका–५ को उपचुनाव : दलका प्रमुख ‘लिडर’हरुको प्रतिष्ठाको बिषय बन्दै
images

गोरखा । गण्डकी प्रदेशभर गोरखा नगरपालिका वडा ५ एक मात्र क्षेत्र हो, जहाँ उपनिर्वाचन हुदैँ छ । वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा ९ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । वडाकै भए पनि यो निर्वाचनलाई दलका मुख्य नेताहरूले नै आफ्नो राजनीतिक औचित्य र प्रतिष्ठासँग जोड्न पुगेका छन् ।

गोरखाबाट चुनाव लडेर प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उनका एक समयका सहकर्मी अनि प्रतिष्पर्धी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ध्यान यहाँको वडामा केन्द्रित छ । प्रचण्डलाई अझै पनि सान्दर्भिक देखाइराख्नका लागि यहाँ उनको पार्टी माओवादी केन्द्रको जितले ठूलै अर्थ राख्छ । जनयुद्धको उद्गम थलो भएकाले पनि गोरखामा हुने राजनीतिक घटनाक्रम र चुनावी नतिजा माओवादीको प्रतिष्ठासँग जोडिने गर्छ । वडा स्तरकै भए पनि यो चुनावलाई माओवादीको अस्तित्वको लडाइका रुपमा पनि हेर्न सकिन्छ ।

त्यसैले प्रचण्ड गोरखा आएर आफ्ना पार्टीका उम्मेदवार विष्णु रानालाई मतदान गरेर जिताउन आग्रह गरे । औपचारिक रुपमा घरदैलो अभियानमा सहभागी नभएपनि मर्निङ वाकको वहानामा सोही वडामा पुगेर उनले रानाको पक्षमा मतदान गर्न वडावासीलाई आग्रह गरेका थिए ।

यसै छेकमा आइपुगे नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराई पनि । हाल उनी संघीय संसदमा त छैनन्, तर उनका लागि पनि यो चुनावको जित अर्थपूर्ण छ । गृह जिल्ला त्यसमाथि हालसम्म चुनावमा हार नव्यहोरेका भट्टराईको प्रतिष्ठासँग यो चुनाव जोडिएको छ ।

दुब्लाउँदै गएको पार्टीलाई सवल बनाउँदै लैजान यो उपचुनावमा उनको पार्टीको जितले इट्टा थप्ने पार्टी पंक्तिको विश्वास छ । त्यसैले भट्टराई आफ्नो पार्टीका अध्यक्ष उम्मेदवार रुपेश मग्रांतीलाई भोट माग्दै घरदैलो अभियानमै सहभागी भए ।
यता कांग्रेसको जित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रतिष्ठासँग जोडिन आउँछ । पाण्डेको आफ्नै गृह जिल्ला त्यसमाथि पनि २०७४ सालको निर्वाचनमा कांग्रेसले जितेको वडा भएकाले पनि अहिले चुनावी नतिजाले कांग्रेसको सांगठानिक पक्षको लेखाजोखा गर्छ ।

प्रतिनिधि सभा निर्वाचनमा अनपेक्षित नतिजा पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो उपचुनावको नतिजाले ठूलै अर्थ राख्छ । पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी भएकाले पनि हारजितले रास्वपाप्रतिको स्थानीय स्तरको बुझाइको लेखाजोखा हुन्छ । त्यसमाथि कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका विगतका गोरखावासी स्वर्णिम वाग्लेको प्रतिष्ठासँग पनि यो उपचुनाव जोडिएको छ ।

उम्मेदवार मंगलबहादुर थापाको चुनावी प्रचारपसारमा सहभागी हुन रास्वपा केन्द्रीय उपसभापति वाग्ले जिल्ला आएका थिए । घरदैलो अभियानमा समेत सहभागी हुदैँ उनले थापाको पक्षमा मतदान गर्न भन्दै मतदातालाई आग्रह गरेका थिए ।
नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको पक्षमा मत माग्न जिल्लादेखि प्रदेश स्तरका नेताहरू तल्लिन छन् । नेपाली कांग्रेसबाट भाइकाजी आले र नेकपा एमालेबाट दुर्गा माया थापा रानाले उम्मेदवारी दिएका हुन् ।

अन्य दलहरू पनि आफ्ना उम्मेदवारको पक्षमा मत माग्न घरदैलो अभियानमा सक्रिय छन् ।आफ्नो प्रतिष्ठासँग जोडिएको विषय भएकाले पनि दलका मुख्य ‘लिडर’हरू आफ्नो पार्टीका उम्मेदवारलाई भोट माग्न केही दिनअघि जिल्ला धौडधुपमा व्यस्त थिए । केही नेताहरु भोट माग्दै घरदैलो अभियानमा समेत संलग्न भए ।

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - १०:१४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology