Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतीमा विश्व बास्तोला चयन

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतीमा विश्व बास्तोला चयन

images

इच्छाकामना न्युज

१५, मंसिर २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतीमा विश्व बास्तोला चयन
images

दमौली, मंसिर १५ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतीमा विश्व बास्तोला चयन भएका छन् । शनिबार दमौलीमा सम्पन्न रास्वपा तनहुँको जिल्ला भेलाले बास्तोलालाई जिल्ला सभापती चयन गरेको हो । बास्तोला यस अघि रास्वपाको जिल्ला संयोजक थिए ।

जिल्ला भेलाबाट रास्वपाको उपसभापतीमा बिजयराज जोशी, सचिवमा पदम न्यौपाने, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा अनिल खत्री तथा सदस्यहरुमा मुक्तिनाथ पण्डित र बासु कडरिया चयन भएका छन् । क्षेत्रीय सभापतीहरुमा क्षेत्र नम्बर १ को सभापतीमा विष्णु पन्त र क्षेत्र नम्बर २ को सभापतीमा डा. शेषरमण न्यौपाने चयन भएका छन् ।

उक्त भेलाको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्लेले उद्घाटन गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - २२:०५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology