Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गण्डकी गाउँपालिकामा जनक गुरुङ स्मृतिकप भलिबल प्रतियोगिता हुने

गण्डकी गाउँपालिकामा जनक गुरुङ स्मृतिकप भलिबल प्रतियोगिता हुने

इच्छाकामना न्युज

१९, मंसिर २०८१
गण्डकी गाउँपालिकामा जनक गुरुङ स्मृतिकप भलिबल प्रतियोगिता हुने
images

गोरखा – गोरखाको गण्डकी गाउँपालिका वडा न ५ दर्बुङमा स्वर्गिय जनक गुरुङ प्रथम स्मिृतिकप पुरुष भलिबल प्रतियोगिता २०८१ हुनेभएको छ । प्रतियोगिता यहि मंसिर २८ गत्तेबाट गण्डकी गाउँपालिका वडा न ५ ग्याझामा हुने आयोजक शिर्जनशिल युवा क्लबका अध्यक्ष मुकेश सेन्चुरीले इच्छाकामना न्युजलाई बताए । सेन्चुरीका अनुसार स्व जनक गुरुङले गोरखा जिल्लाको दक्षिणभागमा खेलकुदमा पुर्र्याको महत्वपूर्ण योग्दानको कदर गर्दै गुरुङको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागेको बताए । गुरुङको गतवर्ष अल्पआयुमा निधन भएको थियो । 

images
images

प्रतियोगितामा गोरखा जिल्ला भरिका वडाहरु र छिमेकी जिल्लाका गाउँपालिकाका वडाहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने टिमहरुले क्रमस, एक लाख एघार हजार एक सय एघार, कप, मेडल र प्रमाणपत्र, एकाउन्न हजार मेडल र प्रमाणपत्र र एक्काइस हजार एक सय एघार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा सर्वाेकृष्ट खेलाडी, उत्कृष्ट सेटर, सर्भर, स्पाइकर र प्रशिक्षकलाई पनि विधागतरुपमा पुरस्कारको व्यवस्था गरेको छ । 

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - ०८:००:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology