Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

माओवादी केन्द्र देवघाटको अधिवेशन तथा खबरदारी सभा सम्पन्न

माओवादी केन्द्र देवघाटको अधिवेशन तथा खबरदारी सभा सम्पन्न

images
माओवादी केन्द्र देवघाटको अधिवेशन तथा खबरदारी सभा सम्पन्न
images

देवघाट । नेकपा (माओवादी) केन्द्र देवघाट गाउँ कमिटिको दोश्रो अधिवेशन तथा खबरदारी सभा शनिबार देवघाट–५ मा सम्पन्न भयो । उक्त अधिवेशनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गन्डकी प्रदेश सह इन्चार्ज हरिराज अधिकारी कुमारले उद्घाटन गरेका थिए ।

माओवादी केन्द्र देवघाट गाउँ कमिटिका अध्यक्ष भुवनसिंह गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा गन्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमान, केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज आशा खनाल, बैकल्पिक केन्द्रीय सदस्य हेमराज लामिछाने, केन्द्रीय सल्लाहाकार इश्वरबाबु गौली, जिल्ला संयोजक मदन आले, जिल्ला सचिव शुक्र चुमान लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रमको सन्चालन गाउँ कमिटिका सचिव सन्जिव भारतीले गरेका थिए । अधिवेशन अघि माओवादी कार्यकर्ताहरुले खबरदारी र्याली निकालेका थिए । उक्त अधिवेशशनले देवघाट गाउँ कमिटिका नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ११:३१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology