Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सम्पत्ति शुद्धीकरणमा लामिछानेबाट २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने प्रहरीको राय

सम्पत्ति शुद्धीकरणमा लामिछानेबाट २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने प्रहरीको राय

images
सम्पत्ति शुद्धीकरणमा लामिछानेबाट २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने प्रहरीको राय
images

कास्की — कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्पत्ति सुद्धिकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा बुझाएको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उक्त रकम असुल गर्नुपर्ने राय दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय, कास्कीबाट कान्तिपुरलाई प्राप्त कागजातअनुसार प्रहरीले लामिछानेबाट सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ बिगो असुल गर्नुपर्ने राय दिएको छ ।

सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदनमा लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय पनि प्रहरीले दिएको छ । ती प्रतिवादीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ ।

लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने र बिगो असुल गर्नुपर्ने राय प्रहरीले दिएको छ । उक्त राय अध्ययन गरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गर्नेछ । लामिछानेले गत कार्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् ।

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - १९:४७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology