Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रास्वपा गोरखा जिल्ला सभापतिमा पुनः सुवर्ण रोकाहा क्षेत्री चयन

रास्वपा गोरखा जिल्ला सभापतिमा पुनः सुवर्ण रोकाहा क्षेत्री चयन

images
रास्वपा गोरखा जिल्ला सभापतिमा पुनः सुवर्ण रोकाहा क्षेत्री चयन
images

गोरखा । स्वतन्त्र पार्टी (रास्वपा) को गोरखा जिल्ला सभापतिमा पुनः सुवर्ण रोकाहा क्षेत्री चयन भएका छन् । पार्टीको शनिवार सम्पन्न पहिलो जिल्ला भेलाले क्षेत्री सभापति रहेको नयाँ समिति सर्वसम्मत चयन गरेको हो । जसको उपसभापतिमा ध्रुव अधिकारी, सचिवमा मिलन राना, सहसचिवमा राजेश्वर अम्गाई रहेका छन् ।

सदस्यहरुमा बिष्णु ढकाल, अञ्जना काप्री, शंकरबाबु देवकोटा, नारायणप्रसाद देवकोटा र शशिकला धिताल छन् । निर्वाचन क्षेत्र नम्वर १ को संयोजकमा वेदप्रसाद ढकाल चयन भएका छन् । क्षेत्रीको अध्यक्षता तथा पार्टी केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा, पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, संघीय सांसद हरि ढकाल, गण्डकी प्रदेश संयोजक राजन गौतम लगायतको उपस्थिति रहेको थियो ।

भेलाअघि उनीहरुले प्रभातफेरि समेत गरेका थिए । पेट्रोल पम्प नजिकै रहेको कार्यालयबाट सुरु भएको प्रभातफेरी हरमटारी, बिसौनीमोड, बसपार्क हुदैं होटल गोर्खा इनमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

images
प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - २१:२०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology