Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थल बनाउन पहल

भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थल बनाउन पहल

images
भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थल बनाउन पहल
images

अमरराज नहर्की

तनहुँ, पुस ८ गते । नेपाली भाषाका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव हुने भएको छ । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा प्रथम भानु नगर महोत्सव हुने भएको हो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी साहित्यिक धाम बनाउने मुख्य उद्देश्यले गरिने महोत्सव भानु नगरपालिका–१ भन्सारमा पुस ९ गतेदेखि २१ गते सम्म सञ्चालन हुनेछ ।

भानुको जन्मस्थल ओझेलमा परेकाले प्रचार प्रचार गर्न महोत्सव गर्ने निर्णय गरिएको र तयारी पूरा भएको भानु नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सव मूल समारोह समिति संयोजक कृष्णकुमार श्रेष्ले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, "सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउन टेवा पुर्‍याउन महोत्सव गर्ने निर्णय गरेका हौं ।" 

महोत्सवमा एक लाख बढी पर्यटकको आवागमन हुनुका साथै रु.६४ लाखको आर्थिक कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सव सफल बनाउनका लागि मूल समारोह समितिसहित ३९ वटा कार्यगत समिति गठन गरिएको आयोजक समितिका महासचिव कृष्णचन्द्र कोइरालाले जानकारी दिनुभयो । 

महोत्सवमा भानु जन्मस्थल चुँदीरम्घा र यस आसपासको अवलोकन भ्रमण, औद्योगिक प्रदर्शनी तथा खरीद बिक्री, सुन्तला, मास एवं अदुवा, ताजा तरकारी बिक्री तथा प्रदर्शनी, रमाइलो मेला,चर्चित कलाकार बीचको दोहोरी गीत प्रतियोगिता,आदिवासी जनजातिय भेषभूषा, झाँकी तथा संस्कृति भल्किने कार्यक्रम गरिने कोइरालाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :पौष ८, २०८१ सोमवार - १६:११:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology